Wednesday, January 4, 2017

Billion Dollar Smiler: "ती दुइको प्रेम कहानी मध्यांतरबाट ....."

Billion Dollar Smiler: "ती दुइको प्रेम कहानी मध्यांतरबाट .....": अनन्त थियो रे प्रेम उसको तिम्रो रहर थियो रे सोमरसको आडमा  पसिना को पोखरीमा पौडी खेल्ने  मन र मुटु लाइ तैराउन ब्यस्त तिनी  दूई , प्...

Billion Dollar Smiler: डलरबादी हरुलाई खुल्ला पत्र...........................

Billion Dollar Smiler: डलरबादी हरुलाई खुल्ला पत्र...........................: डलरबादी हरुलाई खुल्ला पत्र ...................................... प्रिय डलरबादी हरु   नमस्कार !!! तपाई हरु सन्चै नहुने त कुरै भएन । ...

"ती दुइको प्रेम कहानी मध्यांतरबाट ....."

अनन्त थियो रे प्रेम उसको तिम्रो
रहर थियो रे सोमरसको आडमा 
पसिना को पोखरीमा पौडी खेल्ने 
मन र मुटु लाइ तैराउन ब्यस्त तिनी  दूई ,

प्रेमिकाले बिहानको सुमधुर धार्मिक धुनमा 
प्रेमीको सुसंख्य यन्त्रमा खबर पठाउदै 
अर्कै संग लगनगाठो जुरेको जानकारी गराउछे 
प्रेमी सोमरसले मत्तिएर सुतेको अबेरसम्म ,

१२ बजे उठेर यन्त्र खोल्छ र हाँसीहाँसी  
हांसीहासी बौलाउन थाल्छ हातहरु कपालमा 
रातो नम्बर बाट कल आएको भन्दा बढी आतंकित 
तरल मुटु सोमरसमा चोपी सोमरसमै बिलाउछ ,












उता प्रेमिका जल्छे यता प्रेमी ढल्छ 
प्रेमिकाले पुराना यादहरु सहिद बनाउछे 
प्रेमीले सहिद बनाउछ अनगिन्ति बोत्तलहरु 
लगभग पागल ति दूई जलाउछन् मनहरु ,

बा'का खुसीलाई मलजल गर्न आफ्ना खुसीलाई 
जालउछे खुसीहरू पार्छे खरानी भिजाई सिरानी 
अनि प्रेमि का  खुट्टा हात हरु काप्न थाल्छन् 
उनीकैँ यादहरुमा टोलाएर, लट्ठीएर,आत्त्तिएर ,

सहन नसकी पिडा बिछोडको तड्पिन्छन् मुटुहरु 
छ्याप्छन् पानि सितल पार्न सहारा सोमरसको 
यो कथा हो दुइ मृत आत्माको छैनन संसारमा 
अचेल कडा प्रेम गर्छन रे स्वर्गमा तिनीहरु !