रहर थियो रे सोमरसको आडमा
पसिना को पोखरीमा पौडी खेल्ने
मन र मुटु लाइ तैराउन ब्यस्त तिनी दूई ,
प्रेमिकाले बिहानको सुमधुर धार्मिक धुनमा
प्रेमीको सुसंख्य यन्त्रमा खबर पठाउदै
अर्कै संग लगनगाठो जुरेको जानकारी गराउछे
प्रेमी सोमरसले मत्तिएर सुतेको अबेरसम्म ,
१२ बजे उठेर यन्त्र खोल्छ र हाँसीहाँसी
हांसीहासी बौलाउन थाल्छ हातहरु कपालमा
रातो नम्बर बाट कल आएको भन्दा बढी आतंकित
उता प्रेमिका जल्छे यता प्रेमी ढल्छ
प्रेमिकाले पुराना यादहरु सहिद बनाउछे
प्रेमीले सहिद बनाउछ अनगिन्ति बोत्तलहरु
लगभग पागल ति दूई जलाउछन् मनहरु ,
बा'का खुसीलाई मलजल गर्न आफ्ना खुसीलाई
जालउछे खुसीहरू पार्छे खरानी भिजाई सिरानी
अनि प्रेमि का खुट्टा हात हरु काप्न थाल्छन्
उनीकैँ यादहरुमा टोलाएर, लट्ठीएर,आत्त्तिएर ,
सहन नसकी पिडा बिछोडको तड्पिन्छन् मुटुहरु
छ्याप्छन् पानि सितल पार्न सहारा सोमरसको
यो कथा हो दुइ मृत आत्माको छैनन संसारमा
अचेल कडा प्रेम गर्छन रे स्वर्गमा तिनीहरु !
No comments:
Post a Comment