Friday, February 10, 2017

बास्तबमा जीवन एक भ्रम हो जहाँ अनेकौ बिजहरु उम्रन्छन मर्छन तर स्वयंम बिऊ कसैले देख्दैन !

हामि सानो हुँदा पेन्सिलले लेख्थ्यौ जसको मतलब हुन्थ्यो सानोमा धेरै गल्ति हुन्छ र मेटाउन सकियोस,हामीहरुलाई  साथमा Eraser दिइएको  हुन्थ्यो ! जब हामी हुर्कदै गयौ हामीले कलमले लेख्न सिक्यौ ! जसको मतलब मानिस जति ठुलो हुदै जान्छ उसले  गल्तिहरु कम कम गर्दै जान्छ अर्थात् गल्ति नै गर्दैन ! तर जब मानिस ठुलो हुदै गयो त्यसले झन् झन् ठुलो गल्ति हरु गर्दै गयो ! एउटा गल्ति लाइ ढाकछोप गर्न अनेकौ साना ठुला गल्ति गर्दै गयो ! अब जीवनमा भएका यस्ता गल्तिहरु मेटाउने कसरि ? केहि idea छ ? जीवनमा भए गरेका यस्ता गल्तिहरु मेटाउने Eraser कहाँ छ ? कतिमा किन्न पाईन्छ ? अर्थात् सबैभन्दा पहिले जीवन के हो थाहा छ ? आजसम्म मैले त्यस्तो मान्छे भेटेको छैन जसले जीवन यो हो भनेर परिभाषित गर्न सकोस ! जब जीवन के हो नै थाहा छैन अनि किन मान्छेहरु भन्छन्  ह्या मेरो life त बर्बाद भयो , मेरो जीवन त डामाडोल छ , मैले जीवन देखि हार खाइसके ! त्येसैले मित्रहरु आत्तिनु पर्ने बेला आएको छैन, हरेस खाई हाल्नु पर्ने अवस्था होइन यो !यो लेख उनीहरुमा समर्पित छ जो  आफ्नो जीवन देखि रुष्ट छन् ! तसर्थ मित्रहरु आफुले आफुलाई चिन्नुहोस दुनियालाइ होइन ! अरुको बारेमा होइन आफ्नो बारेमा सोच्नुस् ! योको ओनोले भनेका थिए "Smiile in the mirror, Do that every morning and you´ll start to see a big difference in your life.¨ आफुलाई हेर्नुस् आफ्नो ground reality बुझ्नुस र सोहि अनुसार आफ्नो कर्तब्य मा लाग्नुहोस् !
                                       संसारमा एउटै काम गर्न कोहि पनि आएका हुदैनन् जुन काम गर्न म आएको छु ! बास्तबमा जीवन एक भ्रम हो जहाँ अनेकौ बिजहरु उम्रन्छन मर्छन तर स्वयंम बिऊ कसैले देख्दैन (रावलबाद) ! जीवनमा सफलता भन्ने चिज छ, पाईन्छ तर जोख्ने कुनै तराजु छैन ! मैले नै जति खोके पनि "सफलता" धन,स्वास्थ र सन्तुस्टीको उच्चतम मिलनबिन्दु हो ! अब भन्नुहोस धन त जोख्न सकियला तर बाकि दुइको निर्धारण कसरि गर्ने ? तपाई केहि गर्न सक्नुहुन्छ तर सबै गर्न सक्नुहुन्न ! मित्रहरु, सफलता भनेकै काम हो जुन सानो ठुलो हुदैन ! मान्छेहरु ५० लाख ऋण गरेर यूरोप अमेरिका जान तयार हुन्छन तर १० लाख मात्रै ऋण गरेर आफ्नै देशमा केहि गर्न हिचकिचाउछन् यस्तो  किन ? जबसम्म मान्छेले दुनियाले के सोच्लान भनेर सोच्दछ उ गलत तेहीनेर बाट छ/हुन्छ ! याद राख्नुस् ;तपाइको लागि संसारको सबैभन्दा मुल्यवान बस्तु स्वयम तपाई नै हो ! अधिक माया आफैलाई गर्नुहोस ! थोरै भएपनी मान्छेको सफलता कर्म ले निर्धारण गर्दछ ! काममा पूर्णता होइन उत्कृस्टता खोज्नुहोस् ! परिवर्तन केवल शीक्षाले मात्र हुदैन किनकि संसार शीक्षित  मानिसहरुले भरिएको छ , संसार यस्ता असफल मानिसहरुले भरियएको छ जो संग योग्यता छ !                                                                                                                      जीवनमा केहि सिक्ने भनेकै धेरै गल्तिहरु गरेरै हो ! गल्तिहरु पनि यस्ता गर्नुहोस जसले आफैलाई नोक्सान गरोस अरुलाई होइन ! एउटा कुरा के  हो भने हाम्रा पुर्खाले हामीलाई सधै सुझाब दिन्थे "बिग्रेकाको संगत कहिल्यै नगर्नु" तर मलाई लाग्छ बिग्रेकाको संगत गरि उनीहरु लाइ समेत सहि मार्गमा ल्याउनु/हिडाउनु महानता हो ! म असभ्य समाजको कल्पना गर्नै सक्दिन ! सोचेका सबै कहाँ पुग्छन र जिन्दगीमा तर आँटेका सबै पुग्नु पर्छ भन्ने मेरो धारणा हो ! हामी सय रुख उमार्न १००० बीऊ छर्छौ किन ? तेसैले जीवन लाइ बास्तबिकता तिर लानुहोस ! केहि त गर्नुहोस ! म गर्न सक्छु को दृष्टिकोण विकास भैसकेपछि म गर्न सक्छु भन्ने क्षमता विकास गर्नुपर्छ र सोहि अनुसार कार्य गर्नुपर्दछ ! तेसैले थोरै सिक्न चाहनुहुन्छ भने धेरै गल्ति गर्नुहोस तर कस्ता गल्तिहरु गर्ने भनेर मैले भनि नै सके ! भाग्य त हात नहुनेहरूको पनि त हुन्छ नि हैन ? तर भाग्य भन्दा ठुलो कर्म हो ! जीवनको एउटा मात्र सत्य "अन्त्य" अर्थात् "मृतु" हो बाँकि संसार मिथ्या हो ! तेसैले बिस्तारै हिड्नुहोस् हतार किन ?                                                                                                                            @rawal_tejendra