म त माथिबाटै (संघ) खटाइएको भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो, गन्तब्य बनाउने होइन
मलाई रारा जानु छ, फोक्सुण्डो
घुम्नु छ, कैलाश हेर्नु छ
मेरा पुर्खा यतैका थिए भन्दै भावनात्मक दुरी घटाउनु छ
जसोतसो पिउने पाँच कटाउनु छ, लागेको
भुडीँ घटाउनु छ
ठेकेदार, दलाल र
बिचौलियाको छात्रवृत्ति कोटा भेट्टाउनु छ
म त गन्तब्य बनाउने कार्यक्षेत्रगत शर्त हराएको भुक्का
टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो,
गन्तब्य बनाउने होइन
तिमि मलाई लिऊ, सिलाजित,
राडी र खरायोको टोपी देउ
म तिमीलाई स:शुल्क उपयुक्त कार्यालय प्रमुख दिन्छु
म मन्त्री, मुख्यमन्त्रीको
पो गुलाम, जनताको त शासक हुँ
मलाई कर्मले यहाँ पुर्यायो, बास्तवमा
म स्वाचिप (chief of wife) हुँ
म त मन रित्तिएको, बरालिएको,
विचार सिद्दिएको भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो,
गन्तब्य बनाउने होइन
मलाई I/NGO को
बैठकमा भाषण गर्नु छ, आसन ग्रहण गर्नु छ
जिल्ला जिल्लातिर हप्काई, थर्काई,
फकाई पेट भरण गर्नु छ
मलाई पढ्नु छ शान्त संग, कामको
चाप नदेखाऊ पढिरहनु छ
देशको सेवा गर्न फेरी माथी गएर पनि त सचिप हुनु छ
म त गन्तब्यबिहिन यात्रामा अल्झिरहेको भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो,
गन्तब्य बनाउने होइन
मलाई युरोपका नीति लागु गराउनु छ,
सोमालिया बनाउनु छ
छोरासंग अम्रीकी पि.आर. छदैछ, नेपालमा
अन्ठाउन्न कटाउनु छ
आफ्नै कुटीको तयारी छैन, तिम्रा
प्रदेशको जिम्मा लिनु छैन
म यहाँ जागिर खान आएको हो, काम
गर्ने नोकर होइन
म त नेताका गल्तीमा पो ल्याप्चे हान्ने भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो,
गन्तब्य बनाउने होइन
-शोषक ऋणी,२०८१
वैशाख
(द्रष्टव्य: कसैको वास्तविक जीवनसंग मेल खान गएमा सत्य सावित
हुनेछ)