Saturday, April 25, 2020

मानवरहित पृथ्वीको परिकल्पना : २


विश्वमा भोकमरी सिर्जना हुने अवस्थालाइ मध्यनजर गर्दै प्रकृतिले दिएका केहि बाच्ने उपायहरुको चर्चा गरौ ???
विहानको चिया :
१.धेरै बिरुवाको पातलाइ चियाको रुपमा प्रयोग गर्न सकिन्छ, जस्तै Pinus wallichiana अर्थात् गोब्रे सल्लाको (Needle) पातको  चिया सेवन गरौ, यसमा प्रशस्त मात्रामा Vitamin-E पाइनुका साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ (Enhance immune system)
खाना:
२.प्राय सबै प्रजातिका रुखको Cambium खान मिल्ने हुन्छ, यसलाई काँचै या रोस्ट बनाएर खान सकिन्छ साथै यिनीहरुको बिउ सिधै या केहि तरिका अपनाएर खान सकिन्छ
३.कतिपय रुखका पात टोस्ड सलादको रुपमा प्रयोग गर्न सकिन्छ जस्तै भोजपत्र, किम्बु, नागफनी, चिनिया अल्म आदि
खाजा:
४. झट्ट हेर्दा रातो देखिने बाहेकका सबै च्याउ खान मिल्ने हुन्छन्, स्थानीय ज्ञानको उपयोग गरि यसको उपयोग गरौ (साबधान: नेपालमा वर्षेनी जंगली च्याउको सेवनले धेरैको ज्यान गएको छ)
५. भोकमरीले ग्रस्त केहि अफ्रिकी मुलुकहरुमा माटोको केक बनाएर खाने प्रचलन छ (हाललाइ यो सिफारिस नगरौ )
पानि/नुन:
६. सबै रुखको काण्डमा पानि हुन्छ (धेरै पानि हुनेमा बेवोबाब,ओखर), पानीको हाहाकारको अवस्थामा यसको या आफ्नै पिसाब प्रयोग गर्न सकिन्छ
७. जंगलमा पाइने कतिपय ढुंगाहरु (जस्तै हेलाईट) नुनको स्रोत भएकोले यसको पूर्ति गर्न तत् ढुंगा चाट्न सकिन्छ (जनावरहरुले ओडार नजिकै, उच्च हिमाली भेगका चट्टानमा केहि चाटेको जस्तो दृश्य देख्नु भएकै होला)
अन्त्यमा: मान्छेले आफु बाच्न सक्ने सम्पूर्ण आधारको नष्ट (सबै जनावर, किरा, फट्यांग्रा, वनस्पति) भइसकेपछी मान्छेले मान्छेलाइ खानेछन्