Friday, February 10, 2017

बास्तबमा जीवन एक भ्रम हो जहाँ अनेकौ बिजहरु उम्रन्छन मर्छन तर स्वयंम बिऊ कसैले देख्दैन !

हामि सानो हुँदा पेन्सिलले लेख्थ्यौ जसको मतलब हुन्थ्यो सानोमा धेरै गल्ति हुन्छ र मेटाउन सकियोस,हामीहरुलाई  साथमा Eraser दिइएको  हुन्थ्यो ! जब हामी हुर्कदै गयौ हामीले कलमले लेख्न सिक्यौ ! जसको मतलब मानिस जति ठुलो हुदै जान्छ उसले  गल्तिहरु कम कम गर्दै जान्छ अर्थात् गल्ति नै गर्दैन ! तर जब मानिस ठुलो हुदै गयो त्यसले झन् झन् ठुलो गल्ति हरु गर्दै गयो ! एउटा गल्ति लाइ ढाकछोप गर्न अनेकौ साना ठुला गल्ति गर्दै गयो ! अब जीवनमा भएका यस्ता गल्तिहरु मेटाउने कसरि ? केहि idea छ ? जीवनमा भए गरेका यस्ता गल्तिहरु मेटाउने Eraser कहाँ छ ? कतिमा किन्न पाईन्छ ? अर्थात् सबैभन्दा पहिले जीवन के हो थाहा छ ? आजसम्म मैले त्यस्तो मान्छे भेटेको छैन जसले जीवन यो हो भनेर परिभाषित गर्न सकोस ! जब जीवन के हो नै थाहा छैन अनि किन मान्छेहरु भन्छन्  ह्या मेरो life त बर्बाद भयो , मेरो जीवन त डामाडोल छ , मैले जीवन देखि हार खाइसके ! त्येसैले मित्रहरु आत्तिनु पर्ने बेला आएको छैन, हरेस खाई हाल्नु पर्ने अवस्था होइन यो !यो लेख उनीहरुमा समर्पित छ जो  आफ्नो जीवन देखि रुष्ट छन् ! तसर्थ मित्रहरु आफुले आफुलाई चिन्नुहोस दुनियालाइ होइन ! अरुको बारेमा होइन आफ्नो बारेमा सोच्नुस् ! योको ओनोले भनेका थिए "Smiile in the mirror, Do that every morning and you´ll start to see a big difference in your life.¨ आफुलाई हेर्नुस् आफ्नो ground reality बुझ्नुस र सोहि अनुसार आफ्नो कर्तब्य मा लाग्नुहोस् !
                                       संसारमा एउटै काम गर्न कोहि पनि आएका हुदैनन् जुन काम गर्न म आएको छु ! बास्तबमा जीवन एक भ्रम हो जहाँ अनेकौ बिजहरु उम्रन्छन मर्छन तर स्वयंम बिऊ कसैले देख्दैन (रावलबाद) ! जीवनमा सफलता भन्ने चिज छ, पाईन्छ तर जोख्ने कुनै तराजु छैन ! मैले नै जति खोके पनि "सफलता" धन,स्वास्थ र सन्तुस्टीको उच्चतम मिलनबिन्दु हो ! अब भन्नुहोस धन त जोख्न सकियला तर बाकि दुइको निर्धारण कसरि गर्ने ? तपाई केहि गर्न सक्नुहुन्छ तर सबै गर्न सक्नुहुन्न ! मित्रहरु, सफलता भनेकै काम हो जुन सानो ठुलो हुदैन ! मान्छेहरु ५० लाख ऋण गरेर यूरोप अमेरिका जान तयार हुन्छन तर १० लाख मात्रै ऋण गरेर आफ्नै देशमा केहि गर्न हिचकिचाउछन् यस्तो  किन ? जबसम्म मान्छेले दुनियाले के सोच्लान भनेर सोच्दछ उ गलत तेहीनेर बाट छ/हुन्छ ! याद राख्नुस् ;तपाइको लागि संसारको सबैभन्दा मुल्यवान बस्तु स्वयम तपाई नै हो ! अधिक माया आफैलाई गर्नुहोस ! थोरै भएपनी मान्छेको सफलता कर्म ले निर्धारण गर्दछ ! काममा पूर्णता होइन उत्कृस्टता खोज्नुहोस् ! परिवर्तन केवल शीक्षाले मात्र हुदैन किनकि संसार शीक्षित  मानिसहरुले भरिएको छ , संसार यस्ता असफल मानिसहरुले भरियएको छ जो संग योग्यता छ !                                                                                                                      जीवनमा केहि सिक्ने भनेकै धेरै गल्तिहरु गरेरै हो ! गल्तिहरु पनि यस्ता गर्नुहोस जसले आफैलाई नोक्सान गरोस अरुलाई होइन ! एउटा कुरा के  हो भने हाम्रा पुर्खाले हामीलाई सधै सुझाब दिन्थे "बिग्रेकाको संगत कहिल्यै नगर्नु" तर मलाई लाग्छ बिग्रेकाको संगत गरि उनीहरु लाइ समेत सहि मार्गमा ल्याउनु/हिडाउनु महानता हो ! म असभ्य समाजको कल्पना गर्नै सक्दिन ! सोचेका सबै कहाँ पुग्छन र जिन्दगीमा तर आँटेका सबै पुग्नु पर्छ भन्ने मेरो धारणा हो ! हामी सय रुख उमार्न १००० बीऊ छर्छौ किन ? तेसैले जीवन लाइ बास्तबिकता तिर लानुहोस ! केहि त गर्नुहोस ! म गर्न सक्छु को दृष्टिकोण विकास भैसकेपछि म गर्न सक्छु भन्ने क्षमता विकास गर्नुपर्छ र सोहि अनुसार कार्य गर्नुपर्दछ ! तेसैले थोरै सिक्न चाहनुहुन्छ भने धेरै गल्ति गर्नुहोस तर कस्ता गल्तिहरु गर्ने भनेर मैले भनि नै सके ! भाग्य त हात नहुनेहरूको पनि त हुन्छ नि हैन ? तर भाग्य भन्दा ठुलो कर्म हो ! जीवनको एउटा मात्र सत्य "अन्त्य" अर्थात् "मृतु" हो बाँकि संसार मिथ्या हो ! तेसैले बिस्तारै हिड्नुहोस् हतार किन ?                                                                                                                            @rawal_tejendra

Wednesday, January 4, 2017

Billion Dollar Smiler: "ती दुइको प्रेम कहानी मध्यांतरबाट ....."

Billion Dollar Smiler: "ती दुइको प्रेम कहानी मध्यांतरबाट .....": अनन्त थियो रे प्रेम उसको तिम्रो रहर थियो रे सोमरसको आडमा  पसिना को पोखरीमा पौडी खेल्ने  मन र मुटु लाइ तैराउन ब्यस्त तिनी  दूई , प्...

Billion Dollar Smiler: डलरबादी हरुलाई खुल्ला पत्र...........................

Billion Dollar Smiler: डलरबादी हरुलाई खुल्ला पत्र...........................: डलरबादी हरुलाई खुल्ला पत्र ...................................... प्रिय डलरबादी हरु   नमस्कार !!! तपाई हरु सन्चै नहुने त कुरै भएन । ...

"ती दुइको प्रेम कहानी मध्यांतरबाट ....."

अनन्त थियो रे प्रेम उसको तिम्रो
रहर थियो रे सोमरसको आडमा 
पसिना को पोखरीमा पौडी खेल्ने 
मन र मुटु लाइ तैराउन ब्यस्त तिनी  दूई ,

प्रेमिकाले बिहानको सुमधुर धार्मिक धुनमा 
प्रेमीको सुसंख्य यन्त्रमा खबर पठाउदै 
अर्कै संग लगनगाठो जुरेको जानकारी गराउछे 
प्रेमी सोमरसले मत्तिएर सुतेको अबेरसम्म ,

१२ बजे उठेर यन्त्र खोल्छ र हाँसीहाँसी  
हांसीहासी बौलाउन थाल्छ हातहरु कपालमा 
रातो नम्बर बाट कल आएको भन्दा बढी आतंकित 
तरल मुटु सोमरसमा चोपी सोमरसमै बिलाउछ ,












उता प्रेमिका जल्छे यता प्रेमी ढल्छ 
प्रेमिकाले पुराना यादहरु सहिद बनाउछे 
प्रेमीले सहिद बनाउछ अनगिन्ति बोत्तलहरु 
लगभग पागल ति दूई जलाउछन् मनहरु ,

बा'का खुसीलाई मलजल गर्न आफ्ना खुसीलाई 
जालउछे खुसीहरू पार्छे खरानी भिजाई सिरानी 
अनि प्रेमि का  खुट्टा हात हरु काप्न थाल्छन् 
उनीकैँ यादहरुमा टोलाएर, लट्ठीएर,आत्त्तिएर ,

सहन नसकी पिडा बिछोडको तड्पिन्छन् मुटुहरु 
छ्याप्छन् पानि सितल पार्न सहारा सोमरसको 
यो कथा हो दुइ मृत आत्माको छैनन संसारमा 
अचेल कडा प्रेम गर्छन रे स्वर्गमा तिनीहरु !

Sunday, August 21, 2016

Musk Pod: डलरबादी हरुलाई खुल्ला पत्र...........................

Musk Pod: डलरबादी हरुलाई खुल्ला पत्र...........................: डलरबादी हरुलाई खुल्ला पत्र ...................................... प्रिय डलरबादी हरु   नमस्कार !!! तपाई हरु सन्चै नहुने त कुरै भएन । ...

Musk Pod: सोझा कर्मचारीहरुको छड्केबुझाईजसरि ०५९ जेठ १९ गतेको...

Musk Pod: सोझा कर्मचारीहरुको छड्केबुझाईजसरि ०५९ जेठ १९ गतेको...: सोझा कर्मचारीहरुको छड्के बुझाई जसरि ०५९ जेठ १९ गतेको परिणाम आजभोलि देखिदै छ त्यसै गरि ०७३ जेठ १९ अर्थात् "आधिकारिक ट्रेड यूनियन"...
सोझा कर्मचारीहरुको छड्के बुझाई
जसरि ०५९ जेठ १९ गतेको परिणाम आजभोलि देखिदै छ त्यसै गरि ०७३ जेठ १९ अर्थात् "आधिकारिक ट्रेड यूनियन" को निर्बाचन को परिणाम अबको ५-६ महिना वा एक वर्षमा देखिन थाल्ने छ । उप-सचिब , सह-सचिब तथा सचिब हरु पदमा आफु भन्दा तल्लो स्तरका कर्मचारीको चाकडी गरि रहेका हुनेछन उसै परे सलाम नै ठोकी रहेका हुनेछन् किनभने माथि उल्लेखित पद भन्दा बाहिरका कर्मचारीहरु ट्रेड यूनियनमा सहभागी भएका छन् । मन त उहाहरुको पनि यस चुनाबमा भाग लिने थियो होला तर कानुन मै रोक लगाई दियौ हामीले नै , यहा पानि कारण छ । अब  सरकारले कुनै पनि कर्मचारी या कर्मचारीतन्त्र को बारेमा केहि निर्णय लिनु पर्दा अधिकारिक ट्रेड यूनियनको सल्लाह सुझाब तथा निर्देशन बिना गर्ने छैन/गर्न पाउने पनि छैन , गर्यो भने पनि ट्रेड यूनियन वालाले छोड्ने छैनन् । सरकार त फन्दामा परि नै सक्यो,पासो मा पार्न सफल भएका छौ हामी कर्मचारी हरु । मुख्य कुरो त झन् कर्मचारी को सरुवा/बढुवा मा यस यूनियनको प्रतक्ष्य संलग्नता रहन्छ । उप-सचिब , सह-सचिब तथा सचिबको दिन गयो कि जस्तो पो लाग्दै छ मलाई त ? अब कसले टेर्ने यिनलाई किनकि यिनी हरुको रिमोट त ट्रेड यूनियनमा आउदै छ , आइनै सक्यो । ट्रेड यूनियनको अध्यक्ष लाइ त झन् राज्य मन्त्रि सरह सेवा सुबिधा दिन रे भने पछि बेकारको टाउको दुखाई पढेर सचिब सह-सचिब किन हुने ? यसमै रमाउन सके फाइदानै हुने भो । अब त कुन राजनैतिक पार्टी का कति कर्मचारी छन् भन्ने कुरो छता-छुल्ल भो । अब त हामी कर्मचारीले भ्रस्टाचारमा मन्त्रिहरुलाइ समेत उछिन्ने योग पो देख्दै छु म । सम्बन्धित कुनै मन्त्रालयमा मन्त्रि अर्कै पार्टीको र कर्मचारी को बाहुल्यता अर्कै पार्टीको परेको खण्डमा र कर्मचारीले चाहने हो भने सो मन्त्रालयको काम कारवाही स्या-पचक्कै पारी दिनसक्ने खतरा उत्तिकै देखिन्छ । अब त पार्टी नखुलाई सरुवा नै नहुने भो । एक त हामीहरु लाइसेन्स बिनै गाडी हाकी रहेका थियौ झन् त्यसमाथि सरकारले बिना ट्राएल लाइसेन्स दिने घोसणा गरिदियो । नेपालको निजामती सेवामा कालो त्यो नि बोल्ड धब्बा लाग्ने सम्भावना छ । भोलि देखि कुनै कर्मचारी पार्टीको झन्डा बोकी कार्यालय आयो भने नआत्तिनु होला हाकिम सा'प हरु हौ । "हाकिम सा'प; पार्टी को झन्डा बोकी कार्यालय आउने रहर कहाँ थियो र समय र परिस्थितिले तपाईहरुको कुर्सि कुन गतिमा कुन दिसा तिर घुमाउने कुराको हकदार बनाई दियो" । अब कर्मचारीहरुको हकहित त हुने नै भो, १८० डिग्रीको बाण नपरेको खण्डमा ट्रेड यूनियनको भित्रि मर्म पनि यही नै हो तर यहा सिधै ९० मै तेर्स्याएर बाण हान्ने हरुको बाहुल्यता धेरै छ यो देशमा । अब भन्नुहोस सेवाग्राही तथा समग्र निजामती सेवाको हबिगत के होला ? आशा छ माथि लेखिएका कुराहरु कुरा मै सिमित हुन् ब्यवहारमा लागु नहोस्, कर्मचारीतन्त्रले फड्को मारोस् या नमारोस् देशले फड्को मार्नु पर्छ भन्ने हामि सोझाहरुको बांगो बुझाई हो । धन्यवाद !!! (धेरै लेखे पढ्दैनन्)