Sunday, August 21, 2016

सोझा कर्मचारीहरुको छड्के बुझाई
जसरि ०५९ जेठ १९ गतेको परिणाम आजभोलि देखिदै छ त्यसै गरि ०७३ जेठ १९ अर्थात् "आधिकारिक ट्रेड यूनियन" को निर्बाचन को परिणाम अबको ५-६ महिना वा एक वर्षमा देखिन थाल्ने छ । उप-सचिब , सह-सचिब तथा सचिब हरु पदमा आफु भन्दा तल्लो स्तरका कर्मचारीको चाकडी गरि रहेका हुनेछन उसै परे सलाम नै ठोकी रहेका हुनेछन् किनभने माथि उल्लेखित पद भन्दा बाहिरका कर्मचारीहरु ट्रेड यूनियनमा सहभागी भएका छन् । मन त उहाहरुको पनि यस चुनाबमा भाग लिने थियो होला तर कानुन मै रोक लगाई दियौ हामीले नै , यहा पानि कारण छ । अब  सरकारले कुनै पनि कर्मचारी या कर्मचारीतन्त्र को बारेमा केहि निर्णय लिनु पर्दा अधिकारिक ट्रेड यूनियनको सल्लाह सुझाब तथा निर्देशन बिना गर्ने छैन/गर्न पाउने पनि छैन , गर्यो भने पनि ट्रेड यूनियन वालाले छोड्ने छैनन् । सरकार त फन्दामा परि नै सक्यो,पासो मा पार्न सफल भएका छौ हामी कर्मचारी हरु । मुख्य कुरो त झन् कर्मचारी को सरुवा/बढुवा मा यस यूनियनको प्रतक्ष्य संलग्नता रहन्छ । उप-सचिब , सह-सचिब तथा सचिबको दिन गयो कि जस्तो पो लाग्दै छ मलाई त ? अब कसले टेर्ने यिनलाई किनकि यिनी हरुको रिमोट त ट्रेड यूनियनमा आउदै छ , आइनै सक्यो । ट्रेड यूनियनको अध्यक्ष लाइ त झन् राज्य मन्त्रि सरह सेवा सुबिधा दिन रे भने पछि बेकारको टाउको दुखाई पढेर सचिब सह-सचिब किन हुने ? यसमै रमाउन सके फाइदानै हुने भो । अब त कुन राजनैतिक पार्टी का कति कर्मचारी छन् भन्ने कुरो छता-छुल्ल भो । अब त हामी कर्मचारीले भ्रस्टाचारमा मन्त्रिहरुलाइ समेत उछिन्ने योग पो देख्दै छु म । सम्बन्धित कुनै मन्त्रालयमा मन्त्रि अर्कै पार्टीको र कर्मचारी को बाहुल्यता अर्कै पार्टीको परेको खण्डमा र कर्मचारीले चाहने हो भने सो मन्त्रालयको काम कारवाही स्या-पचक्कै पारी दिनसक्ने खतरा उत्तिकै देखिन्छ । अब त पार्टी नखुलाई सरुवा नै नहुने भो । एक त हामीहरु लाइसेन्स बिनै गाडी हाकी रहेका थियौ झन् त्यसमाथि सरकारले बिना ट्राएल लाइसेन्स दिने घोसणा गरिदियो । नेपालको निजामती सेवामा कालो त्यो नि बोल्ड धब्बा लाग्ने सम्भावना छ । भोलि देखि कुनै कर्मचारी पार्टीको झन्डा बोकी कार्यालय आयो भने नआत्तिनु होला हाकिम सा'प हरु हौ । "हाकिम सा'प; पार्टी को झन्डा बोकी कार्यालय आउने रहर कहाँ थियो र समय र परिस्थितिले तपाईहरुको कुर्सि कुन गतिमा कुन दिसा तिर घुमाउने कुराको हकदार बनाई दियो" । अब कर्मचारीहरुको हकहित त हुने नै भो, १८० डिग्रीको बाण नपरेको खण्डमा ट्रेड यूनियनको भित्रि मर्म पनि यही नै हो तर यहा सिधै ९० मै तेर्स्याएर बाण हान्ने हरुको बाहुल्यता धेरै छ यो देशमा । अब भन्नुहोस सेवाग्राही तथा समग्र निजामती सेवाको हबिगत के होला ? आशा छ माथि लेखिएका कुराहरु कुरा मै सिमित हुन् ब्यवहारमा लागु नहोस्, कर्मचारीतन्त्रले फड्को मारोस् या नमारोस् देशले फड्को मार्नु पर्छ भन्ने हामि सोझाहरुको बांगो बुझाई हो । धन्यवाद !!! (धेरै लेखे पढ्दैनन्)

No comments:

Post a Comment