डलरबादी हरुलाई खुल्ला पत्र
......................................
प्रिय डलरबादी हरु
नमस्कार !!!
तपाई हरु सन्चै
नहुने त कुरै भएन । केहि सानोतिनो घाउ चोट लागेको छ भने पनि चाडै नै निको होस्
। बर्खामा च्याउ झैँ उम्रिएका INGO र INGO कर्मी हरुको संख्या एकिन गर्न नेपाल
सरकार लाइ हम्य हम्य भैसक्यो । मलाई लाग्दै छ यसको लगत लिन चाडै नै नेपाल सरकार ले
छुट्टै मन्त्रालय स्थापना गर्नेछ। कुनै एउटा निश्चित INGO को प्रमुख लाइ पनि थाहा
छैन कि उ संग कति कर्मचारी छन् । अलि अलि लेखा प्रमुख लाइ थाहा हुन सक्ला । यसरी
उम्रिएका I/NGO हरुको काम कर्तब्य र दायित्व के त ? उनीहरुको जिम्मेवारी के ? दिनानुदिन यसको
संख्या किन बढ्दै छ नेपाल लगायतका गरिब रास्ट्र हरुमा ? यसको नियन्त्रण तथा समाधान
सरकार ले चाडै गर्न नसकेको खण्डमा बिकराल समस्या निम्तिने लगभग निश्चित छ । के यसको
सामना नेपाल सरकार ले गर्न सक्छ ? सुनिन्छ नेपाल नै यै INGO हरुको पैसा ले चलेको छ
। सरकार तथा उसका कर्मचारी हरु पनि पालिएकै छन्/होलान् । यो क्षणिक को पालन पोषण
कालान्तर मा बिष बन्ने निश्चित प्राय छ । नेपाल लाइ दिर्घ रोग लागि सक्यो,उपचार
कठिन छ । समृद्द नेपाल निर्माण का लागि हामि सबै नेपाली हरुको उत्तिकै जिम्मेवारी
छ,अझ बढी छ सरकार,उसका कर्मचारी,उधोगपति,व्यवसाही,I/NGO कर्मी आदि आदि हरुको । म
बिशेष गरि I।NGO कर्मी हरु संग बढी घुलिएको हुनाले अली नजिक बाट नियाल्ने अवसर
पाएको छु ।
आदरणीय I/NGO कर्मी
साथी,दाई तथा भाई हरु, बिशेष प्रकार को नमस्कार ! तपाई चाहे जुन सुकै बिदेशी
राष्ट्र, आयोग, नियोग या उसको मातहतमा रही काम गर्नु हुन्छ, जाति डलर भारु पाउन्ड या
अन्य यस्तै यस्तैमा तलब थाप्नु हुन्छ, यसको
मतलब यो होइन कि तपाई डलर खादैमा अमेरिकाने हो,यो नाभुल्नोस कि तपाई सबै भन्दा
पहिला नेपाली हो । I/NGO मा काम गर्दा सपथ पनि लिनु हुन्छ होला कि म यसो गर्छु उसो
गर्दिन, तपाइको हित बिपरित काम गर्दिन भनेर तर हेक्का राख्नु होला उनीहरुको हित
गर्दा कतै तपाइको देशको अहित त भईरहेको छैन ? तपाइको देश को श्रोत र साधन को
अवमुल्यन त भईरहेको छैन ? तपाइको देश का निमुखा र गरिब जनता को रगत, पसिना त
लुटिएको छैन ? यस्मा बिशेस ध्यान दिनु होला किनकि तपाईहरु त बिदेशी ले नि पत्याएका
व्यक्ति,हाकिमहरु,बरिस्ठ बौदिक मान्छेहरु,दिमाग बेचेर खानेहरु , सिप बेचेर खानेहरु
। सरकार मा नै INGO कर्मी हरुले केहि हदसम्मको पकड बनाई रहदा सरकार का मान्छेहरु
लाइ त झन् आफ्नो नबनाउने कुरै भएन । हामी सबै पुजिबाद मा विश्वास गर्ने भैसक्यौ र बढी
पैसा कहाँ बाट आउछ त्यो नि राम्रो संग थाहा छ , मुल भेट्टाइसक्यौ । नेपाल सरकार ले
पनि INGO हरु कै पक्षमा पटक पटक बहस तथा
निर्णयहरु पनि नगरेको होइन । यसले प्रस्ट हुन्छ कि सरकार मा यसको उपस्थिति
उल्लेखनीय छ, प्रभाबकारी छ । यता नेपाल सरकार ले कुनै कार्यक्रम गर्दा भत्ता नदिने
निर्णय गर्दा उता INGO हरुले भत्ता बढाएर दिनको १५०० बाट २००० बनाई सक्छन । यता
सरकार बाट संचालित कार्यक्रममा सामान्य खाजा खुवाई रहदा उता INGO कर्मी हरुको कार्यक्रममा साप्राहरु
खान नसकेर या बढी भएर Dust Bin मा थुपारिएका हुन्छन् ? यसको मूल्य त सरकारले कुनै
न कुनै हिसाबले चूकाइ रहेकै छ,चुकाइ रहने नै छ । सरकार बाट संचालित कार्यक्रम मा
जनता को सहभागिता न्यून किन ? यो कुरा हेर्दा सामान्य लाग्छ तर भित्रि मर्म निकै
गहिरो छ । जनता हरु पनि सरकार लाइ भन्दा बढी INGO हरु लाइ बढी विश्वास गर्ने भईसके
। जवाफ छ त सरकार र यस्मा बस्ने हरु संग ? जनता हरु INGO हरुको कार्यक्रम हरु लाइ
बिशेस रुपमा हेर्ने भईसके , १०० % उपस्थिति जनाउने भईसके । मूल्य त सरकार ले चुकाइ
नै सक्यो, अझै कति चुकाउने ? यसले गर्दा नेपाल सरकार का Grass Root Level का
कार्यक्रम हरु प्रभाभित हुने अझ भनौ ओझेल मा पर्ने लगभग पक्का छ । यस्तो कतिन्जेल
रही रहन्छ सरकार ? INGO हरुको निश्चित उदेश्य पुरा भईसके पछि आफ्नो बाटो तताउछन्
या छोड्छन्,अब पैदा हुन्छ समस्या । के नेपाल सरकार सहभागी लाइ दिनको २००० भत्ता र
साप्रा चखाउन सक्छ ? कार्यक्रम मा १०० % सहभागिता जुटाउन सक्छ ? गाउँ गाउँ मा जानुहोस, समस्या ले जरो हाल्दै छ । साधारण नेपाली जनता ले के कुरा बुझ्न जरुरि छ भने उनीहरु अर्थात् INGO हरुको बिकाश भनेको रबर जस्तै हो जुन केहि वर्ष केहि महिना केहि दिन पछि जस्ता को तेस्तै हुने छ/भैसक्यो । यसको बलियो उदाहरण आम नेपाली जनता बाहेक यो संसार मा अरु कसले पो दिन सक्ला र ? मलाई लाग्छ, ऐले सम्म नेपालमा जति पैसा I/NGO को नाम मा भित्रिएको छ,हिसाब गरि बराबर प्रत्येक नागरिक लाइ बाडेका हुन्थ्यौ त आज फोब्स पत्रिका नेपालीहरु को नमवलीले भरिन्थ्यो होला तर दुख को कुरा मान्छे जन्मेकै हुन्न उसको थाप्लोमा ऋण को भारी बोकाई दिन्छ सरकार । सरकार जवाफ चाहियो ? अचेल त आमा को पेट मै बच्चा हरु भन्ने गर्छन अरे आमा मलाई नेपाल मा नजन्माई दिनु होला, रहर छैन नेपाल मा जन्मिने । जवाफ सरकार संग मागु या INGO कर्मी हरु संग ? म नै अन्योल मा छु । आखिल यस्तो किन ? एकछिन सोच्नुहोस् त ? पाँच मिनेट मात्र सोच्नुहोस् त ? हो यो सबैको जड हामी अरुकै भर पर्नाले हो । हामी सबै चिडियाघरमा हुर्केका जनावर जस्तै भैसक्यौ, शिकार गर्न बिर्सिसक्यौ । अब यस्तो हुनु हुदैन, हुन दिनु हुदैन । अब हामी सबै नेपालीले फ्रन्ट लाईनमा बसेर रोजी छानी शिकार गर्न सक्नु पर्दछ । कति INGO हरुको भर पर्ने ? आफैले गरेको शिकार मा जाति मज्जा आउछ त्यति अरुले दिएको आहारा मा आउदैन । नपत्याए वनको बाघ लाइ सोधे हुन्छ । हो यो हामीले बुझी सकेका छौ , अब मात्रै मैदान मा उत्रिन बाँकि छ । कहिले उत्रिने ? चाडो गरौ । यहा मैले शिकार गर भनेर ति दलरबादी हरुलाई सिध्याउ भनेर भन्न खोजेको हैन, आफै परिश्रम गर , मेहेनत गर अरुमा भर नपर मात्र भन्न खोजेको हु । कति अरुले मारेको माछा खान्छौ ? आफै माछा मार्न सिक भन्न खोजेको हुँ । आउनुहोस् संगै फिजाउ जाल हरु, सिकौ शिकार गर्न, यो साबित गरौ कि हामी नेपाली पानि शिकार गर्न सक्षम भैसक्यौ । अरुले हालेको चारो ले केहि दिन पेट त भरिएला तर शारीर लाइ चाहिने जति पोषण कदापी पुग्दैन, हो यसको भाव बुझौ । ल ठिकै छ पैसा उनीहरु कै भएपनी उनीहरुले नेपाल सरकार को दायरा र कानुन को अधिन मा रही सरकारी Norms अनुसार चल्नु पर्दछ । प्रिय INGO कर्मी हरु, नेपालको स्रोत साधन र जनता को बल मा तपाई को target त पुरा होला,हाकिम ले बोनस पनि देला अरुको भन्दा तपाइको घर २-४ तला अग्लो पनि होला गाडी होला सबै थोक होला तर तपाई त त्यहि गरिब देश नेपाल कै नागरिक हुनुहुनेछ हैन ? सोच्नुहोस् त साप ? आफै भन्नुहोस गरिब देशको सम्पन्न नागरिक बन्ने वा सम्पन्न मुलुक को साधारण आम मानिस ? तपाई हाँसेर मात्र पुग्छ या देश ले पनि हासोस् भन्ने चाहनुहुन्छ ? यो पढ्दा पढ्दै निर्णय त गरि सक्नु भयो होला किनकि तपाई त बिदेशी ले पत्याएको मान्छे । मलाई यो पानि थाहा छ कि तपाई हरु लाइ तलब भत्ता दिने तिनै बिदेशीले पनि हेप्छन, कारण मलाई भन्दा तपाइलाई ज्यादा थाहा छ । कारण मैले नै भन्दा तेजेन्द्र को अगाडी अरुले गजल भने जस्तो होला । एकै INGO मा काम गर्ने नेपाली र अमेरिकी नागरिक लाइ हर्ने दृष्टिकोण नै फरक हुन्छ चाहे तपाई त्यो अमेरिकी भन्दा अब्बल या शसक्त हुनुहुन्छ । यसो किन भएको होला कहिल्यै सोच्नु भएको छ ? नुन को सोझो भन्दैमा देश लाइ नै धराप मा पार्न मिल्छ ? मैले त यती सम्मका I/NGO कर्मी हरु पनि देखेको छु प्रत्यक्ष भेटेको पनि छु अझ भन्दा धेरै संगत उनीहरु कै छ कि उनीहरु भन्ने गर्छन "नेपाल नेपाल नरहे के भो म त म नै हुन्छु नि " । कि त उनीहरुले यो कुरा गहिरो अनुसन्धान गरेर बोलेको हुनु पर्छ कित उनीहरु धेरै पढेका बुद्धु हुन् । यसो भन्दै मा सबै I/NGO कर्मी हरु यस्तै छन्/ हुन्छन् भन्न खोजेको पक्कै होइन । सबल सक्षम र राष्ट्र बिपरित काम गर्दिन भनेर जागिर नै छोडेका हरु पानि प्रसस्तै भेटिन्छन गल्लि गल्लीहरुमा, खोज्नुहोस् अवस्य भेटाउनु हुनेछ । यो त रुख मा एउटा कुहिएको स्याउ झार्छु भनि झटारो हान्दा २-४ असल स्याउ पनि खस्न सक्छन, होइन र ? मेरा अनगिन्ति मित्रहरु, आदर्स व्यक्तिहरु पनि छन् यो फिल्डमा काम गर्नेहरु, तपाई हरु नेपाल सरकार प्रति नभएपनी नेपाली जनता प्रति उत्तरदायी र जवाफदेही अवस्य भइदिनुहोस । जनताको सेवा र काम गर्न नहिच्किचाउनुहोस् । खाईपाई आएको महँगो तलब भत्ता को सहि सदुपयोग गर्नुहोस । मलाई विश्वास छ चाडै नै तपाईका डलर दृष्टिहरु नेरु मा परिवर्तन हुनेछन, देश र जनता प्रति सकारात्मक हुनुहुनेछ । धेरै ढिला भैसक्यो बामे सर्ने हरु हिडौ हिड्ने हरु कुदौ र कुदी रहेका हरु उडान भर्न तयार हुनुहोस् । सबै मिलौ र सुरुवात गरौ समृद्द नेपाल निर्माणका लागि............................!
I agree that I/NGOs needed to be brought under a tight monitoring and GO should be vigilant on their acts. Its like open secret that they have contributed but at the same time they are being the source of information for the intelligent agencies which is a threat to our security. It's increased the dependency and being a means of extravagant.
ReplyDelete