Wednesday, July 15, 2020

राँको र कार्बन उत्सर्जन !!!


आज #श्रावण_ अर्थात साउने संक्रान्ति अर्थात कर्णालीमा (साविकका ५ जिल्ला) राँको बाल्ने दिन
कर्णालीमा भएका कुल घरधुरीको (६८९०२) ८० प्रतिशत (५५१२२) घरधुरीले मात्रै राँको बाल्दा ;
१. राँको बाल्न प्रत्येक घरधुरीलाई न्युनतम ५-७ किलोग्राम झरो (अत्याधिक ज्वलनशील सल्ला प्रजातिको काठबाट तयार गरिने एक फिट सम्म लम्बाई, हातको बुढी औलाको मोटाई भएको छेस्को/छडी (Resinous wood) चाहिन्छ I यसरि एउटा घरधुरीबाट १-१.५ घण्टाको अवधिमा २.३५ देखि ३.२९ किलोग्राम कार्बन उत्सर्जन (CO2 emission) हुने गर्छ I
२. यसरि हेर्दा ५५१२२ घरधुरीले निकै छोटो अवधिमा १२९.५ देखि १८१.३५ टन कार्बन उत्सर्जन गर्छन, हाल नेपालले विश्व बैंकसंगको (World Bank’s Forest Carbon Partnership Facility (FCPF) सम्झौता अनुसार उत्सर्जन कटौती बापत ५ अमेरिकी डलर/टन कार्बन रहेको छ I गरिब देशको लाचारीपनका साथै तालुकदार निकायमा बसेका ठालुको मोलमोलाई गर्ने अक्षमताको कारण कम मूल्यमै नेपालले चित्त बुझाउनु परेको सर्वविदितै छ (आम्दानी भन्दा खर्च बढी ) (सन् २०२५ सम्म ४५ मिलियन डलर निल्ने लक्ष)
३. त्यै पुरानै दरको हिसाब गर्ने हो भने पनि १-१.५ घण्टाको अवधिमा ६४७.५-९०६.७५ अमेरिकी डलर अर्थात् ७७,७००-१,०८,८१० नेपाली रुपैयाँ बचत हुने (मतलब प्रत्यक कर्णालीका घरधुरीको २ टाटा (ट्याब्लेट) सिटामोल किन्ने पैसो बचत हुने रहेछ )
४. विश्व बैंककै State and Trends of Carbon Pricing 2020 अनुसार कार्बनको मूल्य सन् २०२० मा ४०-८० अमेरिकी डलर/टन कार्बन र २०३० मा ५०-१०० अमेरिकी डलर/टन पुर्याई आर्थिक मितव्ययिता कायम नगर्ने हो भने गाह्रो पर्ने (पेरिस सम्झौता)
५. यस अनुसार सन् २०२० अर्थात् आजको ताजा विश्व बजार मूल्य ६०(औषत) डलर/टन कार्बनले हुन आउने कुल बचत ९३,,४००-१३,०५,७२० नेपाली रुपैयाँ
६. सन् २०३० मा (७५ डलर/टन औषत) १५,०५,४३७.५-२१,०८,१९३.७५ नेपाली रुपैयाँ राँको नबाल्दा दाबि गर्न सकिने (अर्थात् १-१.५ घन्टामा कर्णालीका उल्लेखित घरधुरीको १ किलो बोइलर कुखुराको मासु किन्ने पैसो(हालको) बचत हुने)
-साथै राँको बाल्न झरो (माथि उल्लेखित) खोज्न जंगल जाँदा प्राय रुखको ठुटो (Stump) ताछेर उसै परे हरियो रुखको बोक्रा वरिपरी (Girdling) ताछेर भित्रको ल्याउने चलन छ, एकातिर यसले वातावरणमा पार्ने नकारात्मक प्रभावको जानकारी सबैलाई छदै छ, अर्कोतिर राँको बाल्दा धुवाले स्वास्थ्यमा पार्ने असर पनि I तसर्थ विकल्पको रुपमा विधुतीय राँकोको बारेको सोचौ I (नोट : जुम्लामा ठ्याक्कै राँको बाल्ने दिन बत्ति नआउन सक्छ, #चार्जेवल_विधुतीय_राँकोको बारेमा सोचौ :J)
-सम्बन्धित स्थानीय तह/प्रदेश सरकारले विधुतीय राँकोमा अध्ययन अनुसन्धान गरि साविकको कार्बन उत्सर्जन कटौती गरेबापत सो बराबरको रकम सम्बन्धित निकायमा दाबि गर्न सकिन्छ

Saturday, April 25, 2020

मानवरहित पृथ्वीको परिकल्पना : २


विश्वमा भोकमरी सिर्जना हुने अवस्थालाइ मध्यनजर गर्दै प्रकृतिले दिएका केहि बाच्ने उपायहरुको चर्चा गरौ ???
विहानको चिया :
१.धेरै बिरुवाको पातलाइ चियाको रुपमा प्रयोग गर्न सकिन्छ, जस्तै Pinus wallichiana अर्थात् गोब्रे सल्लाको (Needle) पातको  चिया सेवन गरौ, यसमा प्रशस्त मात्रामा Vitamin-E पाइनुका साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ (Enhance immune system)
खाना:
२.प्राय सबै प्रजातिका रुखको Cambium खान मिल्ने हुन्छ, यसलाई काँचै या रोस्ट बनाएर खान सकिन्छ साथै यिनीहरुको बिउ सिधै या केहि तरिका अपनाएर खान सकिन्छ
३.कतिपय रुखका पात टोस्ड सलादको रुपमा प्रयोग गर्न सकिन्छ जस्तै भोजपत्र, किम्बु, नागफनी, चिनिया अल्म आदि
खाजा:
४. झट्ट हेर्दा रातो देखिने बाहेकका सबै च्याउ खान मिल्ने हुन्छन्, स्थानीय ज्ञानको उपयोग गरि यसको उपयोग गरौ (साबधान: नेपालमा वर्षेनी जंगली च्याउको सेवनले धेरैको ज्यान गएको छ)
५. भोकमरीले ग्रस्त केहि अफ्रिकी मुलुकहरुमा माटोको केक बनाएर खाने प्रचलन छ (हाललाइ यो सिफारिस नगरौ )
पानि/नुन:
६. सबै रुखको काण्डमा पानि हुन्छ (धेरै पानि हुनेमा बेवोबाब,ओखर), पानीको हाहाकारको अवस्थामा यसको या आफ्नै पिसाब प्रयोग गर्न सकिन्छ
७. जंगलमा पाइने कतिपय ढुंगाहरु (जस्तै हेलाईट) नुनको स्रोत भएकोले यसको पूर्ति गर्न तत् ढुंगा चाट्न सकिन्छ (जनावरहरुले ओडार नजिकै, उच्च हिमाली भेगका चट्टानमा केहि चाटेको जस्तो दृश्य देख्नु भएकै होला)
अन्त्यमा: मान्छेले आफु बाच्न सक्ने सम्पूर्ण आधारको नष्ट (सबै जनावर, किरा, फट्यांग्रा, वनस्पति) भइसकेपछी मान्छेले मान्छेलाइ खानेछन्

Monday, August 5, 2019

"हरियो वन; अब के गर्ने भन"


"हरियो वन; अब के गर्ने भन"
१.सातै प्रदेशमा O&M परिवर्तनको लहर चलीरहेको छ, तराईका सब डिभिजनमा फरेस्टर अनिवार्य गरि पहाडमा रेन्जर र फरेस्टरको दरबन्दी कायम गर्ने, वन रक्षकको संख्या प्रति सब डिभिजन ६ बाट ४ मा झार्ने I सब डिभिजनमा समेत हेल्पिंग अफिसर, सवारी चालक र कुकिंग अफिसर करारमा नियुक्ति गर्ने I
२. ८४ ओटै डिभिजन(D1) र अन्तर्गतका सब डिभिजन(D2)को (डिभिजनको एक किसिमको सब डिभिजनको अर्को) भवन अन्तरास्ट्रियस्तरको ढाँचामा एकै किसिमका बनाउने I सब डिभिजनमै स्विम्मिंग पुल,फिटनेस लौंग र सशत्रको लागि प्रत्यक जिल्लामा कम्तिमा एक अभ्यास स्थल बनाउने, सशत्रको हतियारमा अपग्रेड गरि कम्तिमा पनि नेपाली सेनाले प्रयोग गर्ने ३५०० मिटर सम्म निशाना बनाउन सकिने  डबल लोड़ेड  M16 उपलब्ध गराउने I
३. नेपाल वन सेवामा प्रवेश गर्नको लागि निश्चित मापदण्ड तयार गर्ने (व.र. देखि अधिकृत सम्म) जस्तै:
उचाई: कम्तिमा ५'५''
तौल : ??
छाती : ??
दौड : १७ किमी प्रति घण्टा दौडिन सक्ने
स्वास्थ जांच: ??
नेपाल आर्मी र नेपाल पुलिसको आवश्यक निर्देशनमा प्राबिधिक टोलीले मापदण्ड परिमार्जन गर्दै लैजान सक्ने I  

४. वन तथा बाताबरण मन्त्रालयको मातहतमा एक Real Time Ground Monitoring Satellite launch गर्ने, केन्द्रमा एक Ground Station र प्रत्येक डिभिजन वनमा एक Satellite Monitoring Officer को दरबन्दी कायम गरि आफ्नो कार्य क्षेत्रको निगरानी गर्ने र नेपालको जुनसुकै स्थानबाट Satellite Tracking तथा Shifting गर्न मिल्ने बनाउने I प्रत्येक डिभिजन,सब डिभिजन र स.ब.र. प्रमुखलाई Satellite Phone को ब्यवस्था  गर्ने I वन कर्मचारीहरुको लागि एक छुट्टै ड्रेस कोड लागु गर्ने I
५. नेपाल वन सेवाका रेन्जर तथा अधिकृतमा प्रवेश पश्चात नेपाल आर्मीका रेन्जरफोर्सले गर्ने ट्रेनिंग र CCSC(company command and staff course) कम्तिमा पनि ३/३ महिना अनिवार्य गराउने I
६. प्रत्येक वन कर्मचारीलाइ Conservation Allowance प्रति महिना रु.१०,०००(पछि थप घट हुन सक्ने) का दरले उपलब्ध गराउने I
७. वनमा ब्याप्त लुपहोल हरुलाइ पानि समेत छिर्न नमिल्ने गरि टाँस्ने I वन माफिया (सरकारी+बाहिरका) हरुको एकीकृत लिस्ट तयार गरि कारबाहीको प्रकृया अगाडी बढाउने I  
८. यति हुँदा पनि बिदेशी काठ आयात रोकिएन र आम नेपाली नागरिकले चिरान सालको काठ रु १२००(३ वर्ष पछि) प्रति क्यू.फिट मा पाउन सकेनन् भने नेपाल वन सेवा खारेज गर्ने I

Friday, February 10, 2017

बास्तबमा जीवन एक भ्रम हो जहाँ अनेकौ बिजहरु उम्रन्छन मर्छन तर स्वयंम बिऊ कसैले देख्दैन !

हामि सानो हुँदा पेन्सिलले लेख्थ्यौ जसको मतलब हुन्थ्यो सानोमा धेरै गल्ति हुन्छ र मेटाउन सकियोस,हामीहरुलाई  साथमा Eraser दिइएको  हुन्थ्यो ! जब हामी हुर्कदै गयौ हामीले कलमले लेख्न सिक्यौ ! जसको मतलब मानिस जति ठुलो हुदै जान्छ उसले  गल्तिहरु कम कम गर्दै जान्छ अर्थात् गल्ति नै गर्दैन ! तर जब मानिस ठुलो हुदै गयो त्यसले झन् झन् ठुलो गल्ति हरु गर्दै गयो ! एउटा गल्ति लाइ ढाकछोप गर्न अनेकौ साना ठुला गल्ति गर्दै गयो ! अब जीवनमा भएका यस्ता गल्तिहरु मेटाउने कसरि ? केहि idea छ ? जीवनमा भए गरेका यस्ता गल्तिहरु मेटाउने Eraser कहाँ छ ? कतिमा किन्न पाईन्छ ? अर्थात् सबैभन्दा पहिले जीवन के हो थाहा छ ? आजसम्म मैले त्यस्तो मान्छे भेटेको छैन जसले जीवन यो हो भनेर परिभाषित गर्न सकोस ! जब जीवन के हो नै थाहा छैन अनि किन मान्छेहरु भन्छन्  ह्या मेरो life त बर्बाद भयो , मेरो जीवन त डामाडोल छ , मैले जीवन देखि हार खाइसके ! त्येसैले मित्रहरु आत्तिनु पर्ने बेला आएको छैन, हरेस खाई हाल्नु पर्ने अवस्था होइन यो !यो लेख उनीहरुमा समर्पित छ जो  आफ्नो जीवन देखि रुष्ट छन् ! तसर्थ मित्रहरु आफुले आफुलाई चिन्नुहोस दुनियालाइ होइन ! अरुको बारेमा होइन आफ्नो बारेमा सोच्नुस् ! योको ओनोले भनेका थिए "Smiile in the mirror, Do that every morning and you´ll start to see a big difference in your life.¨ आफुलाई हेर्नुस् आफ्नो ground reality बुझ्नुस र सोहि अनुसार आफ्नो कर्तब्य मा लाग्नुहोस् !
                                       संसारमा एउटै काम गर्न कोहि पनि आएका हुदैनन् जुन काम गर्न म आएको छु ! बास्तबमा जीवन एक भ्रम हो जहाँ अनेकौ बिजहरु उम्रन्छन मर्छन तर स्वयंम बिऊ कसैले देख्दैन (रावलबाद) ! जीवनमा सफलता भन्ने चिज छ, पाईन्छ तर जोख्ने कुनै तराजु छैन ! मैले नै जति खोके पनि "सफलता" धन,स्वास्थ र सन्तुस्टीको उच्चतम मिलनबिन्दु हो ! अब भन्नुहोस धन त जोख्न सकियला तर बाकि दुइको निर्धारण कसरि गर्ने ? तपाई केहि गर्न सक्नुहुन्छ तर सबै गर्न सक्नुहुन्न ! मित्रहरु, सफलता भनेकै काम हो जुन सानो ठुलो हुदैन ! मान्छेहरु ५० लाख ऋण गरेर यूरोप अमेरिका जान तयार हुन्छन तर १० लाख मात्रै ऋण गरेर आफ्नै देशमा केहि गर्न हिचकिचाउछन् यस्तो  किन ? जबसम्म मान्छेले दुनियाले के सोच्लान भनेर सोच्दछ उ गलत तेहीनेर बाट छ/हुन्छ ! याद राख्नुस् ;तपाइको लागि संसारको सबैभन्दा मुल्यवान बस्तु स्वयम तपाई नै हो ! अधिक माया आफैलाई गर्नुहोस ! थोरै भएपनी मान्छेको सफलता कर्म ले निर्धारण गर्दछ ! काममा पूर्णता होइन उत्कृस्टता खोज्नुहोस् ! परिवर्तन केवल शीक्षाले मात्र हुदैन किनकि संसार शीक्षित  मानिसहरुले भरिएको छ , संसार यस्ता असफल मानिसहरुले भरियएको छ जो संग योग्यता छ !                                                                                                                      जीवनमा केहि सिक्ने भनेकै धेरै गल्तिहरु गरेरै हो ! गल्तिहरु पनि यस्ता गर्नुहोस जसले आफैलाई नोक्सान गरोस अरुलाई होइन ! एउटा कुरा के  हो भने हाम्रा पुर्खाले हामीलाई सधै सुझाब दिन्थे "बिग्रेकाको संगत कहिल्यै नगर्नु" तर मलाई लाग्छ बिग्रेकाको संगत गरि उनीहरु लाइ समेत सहि मार्गमा ल्याउनु/हिडाउनु महानता हो ! म असभ्य समाजको कल्पना गर्नै सक्दिन ! सोचेका सबै कहाँ पुग्छन र जिन्दगीमा तर आँटेका सबै पुग्नु पर्छ भन्ने मेरो धारणा हो ! हामी सय रुख उमार्न १००० बीऊ छर्छौ किन ? तेसैले जीवन लाइ बास्तबिकता तिर लानुहोस ! केहि त गर्नुहोस ! म गर्न सक्छु को दृष्टिकोण विकास भैसकेपछि म गर्न सक्छु भन्ने क्षमता विकास गर्नुपर्छ र सोहि अनुसार कार्य गर्नुपर्दछ ! तेसैले थोरै सिक्न चाहनुहुन्छ भने धेरै गल्ति गर्नुहोस तर कस्ता गल्तिहरु गर्ने भनेर मैले भनि नै सके ! भाग्य त हात नहुनेहरूको पनि त हुन्छ नि हैन ? तर भाग्य भन्दा ठुलो कर्म हो ! जीवनको एउटा मात्र सत्य "अन्त्य" अर्थात् "मृतु" हो बाँकि संसार मिथ्या हो ! तेसैले बिस्तारै हिड्नुहोस् हतार किन ?                                                                                                                            @rawal_tejendra

Wednesday, January 4, 2017

Billion Dollar Smiler: "ती दुइको प्रेम कहानी मध्यांतरबाट ....."

Billion Dollar Smiler: "ती दुइको प्रेम कहानी मध्यांतरबाट .....": अनन्त थियो रे प्रेम उसको तिम्रो रहर थियो रे सोमरसको आडमा  पसिना को पोखरीमा पौडी खेल्ने  मन र मुटु लाइ तैराउन ब्यस्त तिनी  दूई , प्...

Billion Dollar Smiler: डलरबादी हरुलाई खुल्ला पत्र...........................

Billion Dollar Smiler: डलरबादी हरुलाई खुल्ला पत्र...........................: डलरबादी हरुलाई खुल्ला पत्र ...................................... प्रिय डलरबादी हरु   नमस्कार !!! तपाई हरु सन्चै नहुने त कुरै भएन । ...

"ती दुइको प्रेम कहानी मध्यांतरबाट ....."

अनन्त थियो रे प्रेम उसको तिम्रो
रहर थियो रे सोमरसको आडमा 
पसिना को पोखरीमा पौडी खेल्ने 
मन र मुटु लाइ तैराउन ब्यस्त तिनी  दूई ,

प्रेमिकाले बिहानको सुमधुर धार्मिक धुनमा 
प्रेमीको सुसंख्य यन्त्रमा खबर पठाउदै 
अर्कै संग लगनगाठो जुरेको जानकारी गराउछे 
प्रेमी सोमरसले मत्तिएर सुतेको अबेरसम्म ,

१२ बजे उठेर यन्त्र खोल्छ र हाँसीहाँसी  
हांसीहासी बौलाउन थाल्छ हातहरु कपालमा 
रातो नम्बर बाट कल आएको भन्दा बढी आतंकित 
तरल मुटु सोमरसमा चोपी सोमरसमै बिलाउछ ,












उता प्रेमिका जल्छे यता प्रेमी ढल्छ 
प्रेमिकाले पुराना यादहरु सहिद बनाउछे 
प्रेमीले सहिद बनाउछ अनगिन्ति बोत्तलहरु 
लगभग पागल ति दूई जलाउछन् मनहरु ,

बा'का खुसीलाई मलजल गर्न आफ्ना खुसीलाई 
जालउछे खुसीहरू पार्छे खरानी भिजाई सिरानी 
अनि प्रेमि का  खुट्टा हात हरु काप्न थाल्छन् 
उनीकैँ यादहरुमा टोलाएर, लट्ठीएर,आत्त्तिएर ,

सहन नसकी पिडा बिछोडको तड्पिन्छन् मुटुहरु 
छ्याप्छन् पानि सितल पार्न सहारा सोमरसको 
यो कथा हो दुइ मृत आत्माको छैनन संसारमा 
अचेल कडा प्रेम गर्छन रे स्वर्गमा तिनीहरु !